कुश्मा–बलेवा यान्त्रिक पुल बन्द

Advertisement

पर्वत । कुश्मा–बलेवा यान्त्रिक पुल मर्मतका लागि बन्द भएको छ । नियमित मर्मत गर्न गत शुक्रबार दिउँसोदेखि यान्त्रिक पुल बन्द गरिएको हो ।

पुलमा डब्बा तान्न प्रयोग भएका मसिना लठ्ठाहरुमा समस्या देखिएपछि मर्मतका लागि अनिश्चितकालसम्म सेवा बन्द गरिएको कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

यान्त्रिक पुल बन्द हुँदा सर्वसाधारणले सास्ती पाएका छन् । पर्वतको सदरमुकाम कुश्माबाट बागलुङ नगरपालिका–१४ बलेवासम्म जोडिएको उक्त पुलबाट दैनिक ५०० सर्वसाधारण आवातजावत गर्दै आएका छन् । पुलका डब्बा तान्न प्रयोग हुने मसिना लठ्ठा एक÷एक वर्षमा परिवर्तन गर्नुपर्ने भएकाले बन्द गरिएको श्रेष्ठले बताए  ।

तर यसपटक २५ महीनापछि मात्रै लठ्ठामा समस्या देखिएपछि जोखिम उठाउनुभन्दा बन्द गरेर मर्मत गर्न लागिएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहनुभएका सञ्चालक केदारनाथ शर्माले जानकारी दिए । पुल मर्मत गर्न कम्तीमा एक हप्ता लाग्ने अनुमान छ । भारतबाट सोमबारसम्ममा प्राविधिक आइपुग्ने र मर्मतको काम थाल्ने योजना रहेको छ ।

यान्त्रिक पुल बन्द हुँदा सर्वसाधारण एक घण्टाको घुमाउँरो बाटो यात्रा गरी बडागाउँ–कैया झोलुङ्गेपुलको प्रयोग गरी आवातजावत गर्न बाध्य भएका छन् । यो पुल दक्षिणी बागलुङका एक दर्जन गाउँका बासिन्दाले प्रयोग गर्दै आएका छन् । पुल हेर्न आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने गरेका छन् ।
यो पुल कुश्मा–बलेवा यान्त्रिक पुल विसं २०६८ मा करीब रु चार करोडको लागतमा बनाइएको हो । एक डब्बामा एक पटकमा आठ गरी दुईमा १६ मानिस आवातजावत गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement