जापानका मन्त्रीले तीन मिनेट ढिलो पुग्दा माफी माग्नुपर्‍यो

Advertisement

काठमाडौं । नेपालका अधिकांश निकायका राजनीतिकदल तथा अन्य नेताहरु समयमा कार्यक्रमस्थलमा पुग्दैनन् । सभा, सम्मेलन, बैठक वा कुनै सार्वजनिक कार्यक्रममा नेताहरुलाई घण्टौं कुर्नुपर्ने विषय नेपालमा सामान्य देखिन्छ ।

जापानमा पूर्वनिर्धारित समयभन्दा ढिलो पुग्नु राम्रो मानिँदैन । जापानका ओलम्पिक्स मामिलासम्बन्धी मन्त्री योशीताका साकुरादा संसदीय बैठकमा तीन मिनेट ढिलो पुगेका थिए । तर, जापानका मन्त्रीले तीन मिनेट ढिलो कार्यक्रममा पुगेको कारण विरोधको सामना गर्नु नपरेपनि क्षमा भने माग्नु परेको छ ।

जापानका ओलम्पिक्स मामिलासम्बन्धी मन्त्री योशीताका साकुरादा संसदीय बैठकमा तीन मिनेट ढिलो पुगेका थिए । बैठकमा ढिलो आएर अपमान गरेको भन्दै विपक्षी सांसदहरुले पाँच घण्टासम्म बैठक बहिस्कार गरिदिए । त्यसपछि मन्त्री योशीताका साकुरादाले क्षमा मागे ।

जापानमा  सन् २०१८ को अक्टोबर महिनामा मन्त्री नियुक्त योशीताका कार्यक्रममा ढिलो पुग्ने र जथाभाबी बोल्ने गरेका कारण आलोचित छन् ।

जापानमा उनको योग्यताबारे आसाही सिम्बुन पत्रिकाले मत सर्वेक्षण पनि गरेको थियो । सर्वेक्षणमा उनको पक्षमा १३ र विपक्षमा ६५ प्रतिशत मत परेको नतिजा सार्वजनिक भएको थियो ।

दोस्रो विश्व युद्धताका जापानी सैनिकलाई मनोरञ्जन गराउन बाध्य पारिएका महिलाहरूलाई ‘व्यावसायिक वेश्या’को संज्ञा दिएपछि उनी निकै आलोचित भएका थिए ।

Advertisement

Advertisement

Advertisement