जनता बैंकले दोरम्बामा गर्यो तीन दिने स्वास्थ्य शिविर

Advertisement

काठमाडौं । जनता बैंकले नेपाल नेत्र ज्योती संघ अन्तर्गत भरतपुर आँखा अस्पताल र धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा रामेछापको दोरम्बा गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर, आँखा शिविर र स्तन क्यान्सर सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यस क्षेत्रका विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोग सम्बन्धी र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्दै आएको यस बैंकले रामेछापको दोरम्बा गाउँपालिकामा पनि आँखा परिक्षण तथा मोतिबिन्दुको शल्यक्रिया र क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको होे ।

उक्त स्वास्थ्य शिविरहरुमा एक हजार भन्दा बढीकोे बृहत स्वास्थ्य परिक्षण गरिएको थियो जस मध्ये ५७ जनाको शिविर स्थलमै मोतिबिन्दुको शल्यक्रिया गरेको थियो भने बिरामीहरुलाई आबश्यक औषधी र चश्मा निःशुल्क वितरण गरेकोे थियो ।

स्त्री रोग सम्बन्धी उपचारको लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेशन गर्नुपर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेशनको लागि धुलिखेल अस्पतालमा रिफर गरिएको छ । बैंकबाट उक्त रिफर भएका महिलाहरुको निःशुल्क अपरेशन गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement