नविल बैंकको नयाँ व्याजदर सार्वजनिक, शैक्षिक ऋणका लागि चार देखि छ प्रतिशत ब्याज लाग्ने

Advertisement

काठमाडौं । नबिल बैंकले आइतबारदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरतर्फ बचतमा सबैभन्दा कम बाल बचतमा तीन दशमलव २५ र बचततर्फकै पाँच दशमलव २५ प्रतिशत रहेको छ  भने शैक्षिक ऋण लिने हो भने चार देखि ६ प्रतिशत ब्याज लाग्ने छ ।

यस्तै बैंकले मुद्दति निक्षेपमा न्यूनतम आठ देखि नौं दशमलव २५ प्रतिशत सम्म रहेको छ । संस्थागत मुद्दतितर्फ भने आठ दशमलव ६० प्रतिशत सम्म ब्याज पाइने भएको छ ।

बैंकले जारी गरेको सूचना अनुसार ऋण तर्फ पनि नयाँ ब्याजदर कायम भएको छ । बैंकले संस्थागत प्रिमीयमा दुई दशमलव ५० देखि बढीमा नबिल इजी लोन अन्तर्गतको ओभर ड्राफ्ट लोनमा ६ दशमलव ७५ प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ ।

हाउजिङ तर्फ तीन देखि ६ दशमलव ५० प्रतिशतसम्म, मोटरेजतर्फ चार  देखि ६ दशमलव ५० प्रतिशतसम्म, अटोका लागि तीन दशमलव ७३ देखि ६ दशमलव ५० प्रतिशतसम्म रहेको छ ।

बैंकको बेसरेट ७ दशमलव ९१ प्रतिशत रहेको छ ।

Advertisement

Advertisement

Advertisement