ओम डेभलपमेन्ट बैंकबाट सामुदायिक विद्यालयमा छात्रवृत्ति प्रदान

Advertisement

काठमाडौं  । ओम डेभलपमेन्ट बैंकले विभिन्न सामुदायिक विद्यालयमा छात्रवृत्ति प्रदान गरेको छ ।

बैंकले गोरखा नगपालिकाको दरवारमार्गमा रहेको श्री महेन्द्र ज्योति माध्यामिक विद्यालयको ५८ औ वार्षिक उत्सव तथा अभिभावक समारोहमा उक्त विद्यालयकी कक्षा ११ की छात्रा संजिता वयलकोटीलाई ५ हजार नगद र स्टेशनरी प्रदान गरेको हो । सो सामाग्री उक्त शाखाका प्रवन्धक केशव रेग्मीले प्रदान गरेका थिए ।

त्यसैगरी गोरखा नगरपालिकाको श्री महालक्ष्मी माध्यामिक विद्यालयको ४३ औ वार्षिक उत्सव तथा अभिभावक समारोहमा उक्त विद्यालयकी कक्षा नौं की छात्रा समिना भण्डारीलाई ५ हजार र स्टेशनरी प्रदान गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाँउमा वित्तिय साक्षरताका कार्यक्रम गर्दै आएको छ । हाल बैंकले ५३ शाखा कार्यालय, १९ एटिएम तथा १ शाखा रहित बैंकिङ ईकाइ मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

Advertisement

Advertisement

Advertisement