श्रीदेवीलाई मनपर्ने सारी लिलामी गर्दै बोनी कपूर

Advertisement

काठमाडौं । बलिउड फिल्ममेकर बोनी कपूर आफ्नी पत्नी श्रीदेवीको सम्मानको लागि उनलाई मनपरेको सारी लिलाम गर्दै छन् । परिसेरा डट कममार्फत उक्त सारीको लिलाम हुँदै छ ।

लिलामीबाट उठेको पैसा महिला, बालबालिका र गरिब परिवारको लागि मद्दत गर्ने एक एनजिआलाई हस्तान्तरण हुनेछ । सारीको सुरुवाती बोली ४० हजार रूपैयाँ थियो जुन अब बढेर एक लाख तीस हजार रूपैयाँ सम्म पुगिसकेको छ ।

२४ फेब्रुअरी २०१८ मा दुबईको होटलमा श्रीदेवीको निधन भएको थियो । त्यतिबेला बोनी र श्रीदेवी दुवैजना आफ्ना भान्जाको विवाहमा पुगेका थिए ।

Advertisement

Advertisement

Advertisement