सलिनमानलाई यात्राको प्रेसर

Advertisement

काठमाडौं।  चलचित्र ‘ए मेरो हजुर २’बाट डेब्यू गरेका अभिनेता सलिनमान बानियाँलाई दोस्रो चलचित्र रिलिज हुनै लाग्दा अबको स्टारको उपमा दिएका छन् । पहिलो चलचित्रबाटै राम्रो फ्यान फलोइङ बनाएका सलिनलाई आफ्नो दोस्रो चलचित्र चल्नै पर्ने दवाब समेत छ । पहिलो चलचित्रका तुलनामा अभिनयमा पनि निक्कै सुधार गरेका यि अभिनेताले चलचित्र यात्रालाई लिएर केही दबाब महशुश गरेको बताएका छन् । चलचित्रको व्यापार र सिने उद्योगले आफू माथि गरेको आशाका कारण पनि दवाबमा रहेको उनको भनाई छ ।

सलिनले आफूपनि म ए मेरो हजुर २ बाट भन्दा यात्राको अभिनयबाट बढी सन्तुष्ट रहेको बताउँदै आएका छन् । भन्छन् ‘चलचित्रमा मैले शतप्रतिशत दिने कोशिश गरेको छु । आशा छ, दर्शकले मन पराउनुहुनेछ ।’ सलिनमानले यो चलचित्रलाई लिएर आफूमाथि बढेको प्रेसरको बारेमा पनि गुनासो गरेका छन् । उनले भने–‘चलचित्रको हरेक कुरामा मनै जोडिएको छु । यसैले पनि ठूलो दबाब हुन थालेको छ ।’

सलिनले चलचित्र निकै राम्रो बनेको र पर्यटन प्रवद्र्धनमा पनि चलचित्रले सहयोग गर्ने दाबी गरे । दोश्रो चलचित्रसम्म आइपुग्दा आफूले अझै धेरै सिक्न बाँकी रहेको उनको भनाई छ । सलिनले यसो भनिरहदा चलचित्रका निर्देशक सम्राट शाक्यले ५ यूवा र उनीहरुले कसैको जीवनमा ल्याएको फेरबदलको कथालाई यसले उठाएको बताए ।

चलचित्रका प्रस्तुतकर्ता केशव भट्टराईले पानीका कारण चलचित्रको लगानी बढेको बताए । उनले, लगानी उठाउनका लागि त मुख्य हतियारनै हलमा चलचित्र चल्नुपर्ने बताए । चैत्र २९ गतेबाट रिलिज हुन लागेको यो चलचित्रसँग अभिनेता अनमोल केसीको ‘ए मेरो हजुर ३’ पनि प्रदर्शनमा आउँदै छ । जसले गर्दा पनि निर्माण पक्षसँगै सलिनले पनि प्रेसर फिल गरिरहेका छन् । ई-कान्तिपुर साप्ताहिकबाट

Advertisement

Advertisement

Advertisement