स्याङयोङ मोटर्सको नयाँ शोरुम पोखराको उत्तमचोकमा

Advertisement

काठमाडौं । स्याङयोङ मोटर्सको नेपालको आधिकारिक बिक्रेता आइएमएस मोटर्सले पोखरामा उक्त मोटरको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । स्याङयोङको शोरुम पोखराको उत्तम चोकमा रहेको छ ।
गण्डकी प्रदेशका अर्थ तथा योजना मन्त्री किरण गुरुङ, मिस नेपाल २०१२ सृष्टी श्रेष्ठ, आइएमएस ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, सोही ग्रुपका सिइओ दिकेश मल्होत्राले संयुक्तरुपमा आइतबार शोरुमको उदघाटन गरे । क्लव माटर्स प्रालि स्याङयोङको सर्भिस सेन्टर नयाँ बजारमा रहेको छ ।

शोरुम सञ्चालनको अवसरमा स्याङयोङले पोखरा क्षेत्रका ग्राहकका लागि विशेष छुटसहितको ‘स्याङयोङ सुपर सेभिङ एण्ड जिरो म्यान्टिनेन्स कष्ट अफर’ सञ्चालनमा ल्याएको छ । यस अफरअन्तर्गतः

१) गाडीको खरिदमा दुई वर्षको मर्मत खर्च निःशुल्क,
२) स्पोट म्यालुयशन तथा एक्सचेन्जमा वेष्ट भ्यालुयशनको ग्यारेन्टी
३) झन्झटरहित वित्तीय सुविधा (११.७२ प्रतिशत ब्याजदरमा)
४) निःशुल्क रोड ट्याक्स
५) तीन बर्ष वा ६० किलोमिटरसम्मको वारेन्टी सुविधा,
६) पाँच बर्षसम्म सर्भिसिङ निःशुल्क
७) सुपथ मूल्यमा स्पियर्स पार्टको उपलब्धता
८) निःशुल्क एजेसोरिज

Advertisement

Advertisement

Advertisement