नयाँ जहाज आएपछि निगमको बजार हिस्सा निकै बढ्योः टीआईए, वित्तीय अवस्थामा पनि सुधार

Nepal-Airlines

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा न्यारो बडी र दुई वटा वाइडी जहाज थप गरेपछि उसको बजार निकै विस्तार भएको छ भने वित्तीय अवस्थामा पनि सुधार आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएको तथ्याङ्कअनुसार नेपाल वायुसेवाले तीन लाख ८८ हजार यात्रु ओसारेकोमा सन् २०१८ मा यो संख्या एक लाखभन्दा बढिले बढेर चार लाख चार लाख ९१ हजार पुर्याउन सफल भएको छ ।

united

नेपाल वायुसेवा यात्रु मात्रै नबढाएर नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने विदेशी एयरलाइन्स कम्पनीहरुलाई पनि उछिनेर पहिलो बन्न सफल भएको छ । जसअनुसार एक बर्षमा नेपाल वायुसेवाका यात्रुको संख्या २६ दशमलव ६९ प्रतिशतले वृद्धि भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांकले देखाउँछ ।

जबकी सन् २०१७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैभन्दा धेरै ओसार्नेमा भारतीय विमानसेवा कम्पनी जेट एयरवेज थियो । झण्डै २८ बर्ष दुई वटा पूराना बोइङ ७५७ मार्फत अन्तर्राष्ट्रिय उडानमा टिक्दै आएको निगममा सुगतरत्न कंसाकार आएपछि एयरबस ३२०–२०० मोडलका दुई वटा न्यारो बडी जहाज र एयरबस ३३०–२०० मोडलका दुई वडा वाइडबडी जहाजहरु थपिएका छन् ।

जहाज कम हुँदा निगमको सञ्चालन खर्च धान्न धौधौ भइरहेको बेला नयाँ जहाज थपिएसँगै त्यसले आम्दानीले निगमको वित्तीय अवस्थामा सुधार आएको छ । वाइडबडी जहाजहरु नयाँ गन्तव्यमा जाने क्रममा रहेकाले सन् २०१९ मा निगमको बजार निकै बढ्ने देखिएको छ ।

पछिल्लो समयमा आएका दुई वटा वाइडबडी जहाजले अहिले ५० करोड रुपियाँ कमाई गरिरहेको निगम स्रोतले जनाएको छ । वाइडबडी जहाजको बार्षिक किस्ता दुई अर्ब जति पर्न आउँछ भने आम्दानी १० अर्बभन्दा बढि गर्न सक्छ । यी जहाजहरुलाई जापानको आशाका र चीनको गोन्जाओमा उडान गराउने तयारी गरिएको छ ।

बिगतमा निगमसँग पर्याप्त जहाज नहुँदा र भएका दुईमा पनि पटक पटक समस्या आइ ग्राउण्डेड हुने गर्दा नेपालको अन्तर्राष्ट्रिय उडानमा विदेशी उडानकम्पनीहरु हाबी भएको स्थिति थियो । होटल संघ नेपालका अध्यक्ष बिगतमा नेपालको राष्ट्रिय ध्वजाबहाक नहुँदा विदेशी एयरलाइन्सहरुले दिल्ली गएको नै ४० हजार रुपियाँसम्म अशुलेको नमिठो अनुभव सुनाउने गर्दछन् ।

गएको बर्ष २०१८ मा कुल ४३ लाख ४० हजार यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गरेका थिए । यो तथ्याङ्क २०१७ को भन्दा ११ दशमलव ७० प्रतिशत बढि हो । जसअनुसार विमानस्थलबाट सरदर दैनिक यात्रा गर्नेको संख्या ११ हजार ८९८ रहेको छ ।

यात्रु बढेअनुसार अधिकांश एयरलाइन्स कम्पनीका यात्रुको संख्या पनि बढेको छ भने कतिपयको घटेको छ । जसमा नेपाल एयरलाइन्सका यात्रुको सुधार उत्साहजनक देखिन्छ । बिगतका बर्षहरुमा ५–६ प्रतिशत बजार हिस्सामा चित्त बुझाउँदै आएको नेपाल वायुसेवा निगम अहिले ११ दशमलव ३२ प्रतिशत हिस्सा ओगटन सफल भएको छ । निगमले थपेका जहाजहरुको कारणले नै यो स्थितिमा सुधार आएको देखिन्छ ।

सन् २००३ देखि त्रिभुवन विमानस्थलबाट यात्रा गर्ने यात्रुको संख्या सन् २०१५ बाहेक बाँकी सबै बर्षमा बढ्ने क्रम जारी छ । तर यात्रु बढे पनि त्यसको लाभ भने राष्ट्रिय ध्वजाबहाकले लिन सकेको थिएन् । निगमसँग पर्याप्त जहाज भएको भए यात्रुहरुको संख्या अझै बढ्ने अवस्था थियो । साथै, निगमले अनलाइन टिकेटिङ प्रतिस्पर्धी हिसावले ल्याउन सक्ने हो र सेवा प्रवाहमा थप सुधार गर्ने हो भने नेपाल वायुसेवाको अवस्थामा निकै सुधार आउने अवस्था छ ।

हवाई यात्रुहरुको संख्या बढ्नुको कारण पर्यटक आगमनमा भएको वृद्धि मात्रै नभएर विदेश पढन जाने विद्यार्थीको संख्यामा भएको वृद्धि र विदेशमा पढ्न बसेका छोराछोरीलाई बाबुआमा भेटन जाने प्रवृत्ति बढेकाले देखिन्छ । यो बर्ष पहिलो पटक १० लाखभन्दा बढि पर्यटन नेपाल आएका थिए जसमध्ये हवाई मार्गबाट आउनेको संख्या नौ लाख ६९ हजारभन्दा बढि छ । बिगतमा जस्तो कामका लागि विदेश जानेहरुको संख्या भने यो बर्ष बढेको देखिन्न ।

passenger-traffic-by-airlines-nepal