राजधानीको चाबहिलमा कामना सेवा विकास बैंकको नयाँ शाखा सञ्चालन

Advertisement

काठमाडौँ  । कामना सेवा विकास बैंकले राजधानीको चाबहिलमा ६६ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त शाखाको संयुक्त रूपमा कारोबार शुभारम्भ गरे।

बैंकका सञ्चालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुवेदीको उपस्थितिमा भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त शाखा राजधानीको लागि पाचौं शाखा भएको र थप दुई शाखाहरु पनि चाडैं नै सञ्चालनमा आउने बताउंदै काठमाडौँ उपत्यकाको व्यापारिक तथा आवसिय क्षेत्र चाबहिलमा शाखा सञ्चालन भएसँगै बैंकले व्यापार विस्तारलाई अझ तीव्रताका साथ अघि बढाउने बताए।

राजधानीको  ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा ६६ वटा शाखा तथा २० वटा एटीएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले एबीबीएस, इन्टरनेट बैंकिंङ, मोबाइल  बैंकिंङ, सी-आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिंग सेवाहरु उपलब्ध गराउंदै आएको तथा समय सापेक्ष आफ्नो सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Advertisement

Advertisement

Advertisement