भक्तपुरमा अपहरणको अर्को घट्ना, बाबुको हत्या, छोरालाई प्रहरीले होइन आमाले बचाइन्

Advertisement

भक्तपुर । सूर्यविनायक नगरपालिका ८ सिपाडोलमा शनिबार नाटकीय ढंगको अपरण भएको छ । अपरणमा बाबुको हत्या भएको छ भने चार बर्षीय छोराको भने सकुशल उद्दार गरिएको छ । उद्दार गर्ने प्रहरी नभई आफ्नै आमा हुन् ।

बिहानै गाडि बनाउन भनी निस्किएका सिपाडोलस्थित आदर्श बस्ने २६ वर्षीय निकेश भुजू सम्पर्कबिहीन भएपछि उनकी श्रीमती सिर्जनाले प्रहरीलाई समेत मौखिक खबर गर्दै आफू पनि गाडि लिएर साँझपख निस्किइन् । भक्तपुर नगरपापालि ८ लिवालीमा श्रीमानले चलाउने गरेको मारुती भ्यानसँग उनको आमनेसामने भयो । उनले गाडि रोक्न आग्रह गर्दा भ्यान भागेपछि फलो गर्दै गइन् ।

केही पर पुगेपछि गाडि रोकेर भ्यानबाट चार पाँच जना युवाहरु भाग्छन् । भ्यानमा गएर हेर्दा सिर्जनाले आफ्ना पति र छोरा बेहोस अवस्थामा फेला पार्छिन । उनले प्रहरीलाई खबर गर्दै छोरा र पतिलाई अस्पताल पुर्याए पनि पनि श्रीमानलाई चिकित्सकले मृत घोषित गर्छन् । छोरा भने सकुशल रहेका छन् ।

नाटकीय शैलीको अपहरण र हत्याको यस घटनामा प्रहरीले शनिबार र आइतबार गरी चार जना शंकास्पदलाई पक्राउ गरेको जनाएको छ । घट्ना कसरी किन घट्यो भन्ने कुरामा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका ८ बस्ने २५ वर्षीय सुमन बाला, दाङको हापुरे गाउँपालिका ४ बस्ने १९ वर्षीय भुपबहादुर रोका, सिन्धुपाल्चोकको मार्मिङ गाउँपालिका १ ट्याङथली घर भई हाल चाँगुनारायण नपा ९ ताथली बस्ने २६ वर्षीय किरण श्रेष्ठ र चाँगुनारायण नपा ९ ताथलीमै बस्ने २१ वर्षीय सुकु भन्ने राज बनमाला रहेको भक्तपुर प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement