सुनको मूल्य उकालो लाग्यो, यस्तो छ आजको मूल्य

Advertisement

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको मूलय बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ६२ हजार छ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक सय रुपियाँले बढेर ६२ हजार सात सय रुपियाँमा कारोबार भएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि एक सय रुपियाँले बढेर ६२ हजार चार सय रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ । महासंघले सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५३ हजार सात सय ५५ रुाियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५३ हजार पाँच सय रुपियाँ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि हिजोको तुलनामा पाँच रुपियाँले बढेर सात सय ८० रुपियाँमा कारोबार भएको छ भने महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ६९ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement