दूध 'मास्टर'ले कृषिमा ल्याए परिवर्तन

Advertisement

नारायणपुर । दाङको गढवा गाउँपालिका–४ का हरि यादवलाई धेरैले दूध मास्टर भनेर चिन्छन् । दीपेन्द्र मावि पर्सेनीमा अध्यापन गर्दै आएका यादवले व्यावसायिक भैँसीपालन मात्र गरेका छैनन्, गाउँका कृषकबाट दूध सङ्कलन गरी बजारसम्म पुर्याउँदै आएका छन् । यादवले गाउँको कृषि क्षेत्रमा परिवर्तन नै ल्याएका छन् ।

विशेषगरी दूध सङ्कलन गरेर गाउँमै दूध बिक्री गर्ने वातावरण मिलाउनु भएका यादवले आफैँले पनि भैँसीपालन गर्नुभएको छ । दैनिक दुई सय लिटर दूध सङ्कलन गर्दै आएका यादवलाई स्थानीयले ‘दूध मास्टर’ भन्ने गर्छन् । बत्तीस किसानको दूध सङ्कलन गरेर दुग्ध उद्योगमा पुर्याउँदै आएका यादवले दूध बिक्रीबाट मासिक ३० हजार रुपियाँदेखि ४० हजार रुपियाँ आम्दानी गर्दै आउएका छन् ।

“धेरैले मलाई दूध मास्टर भनेर चिन्छन्”, यादवले भने, “शिक्षण पेसालाई असर परेको छैन, विद्यालय समयभन्दा बाहेकको समयमा भैँसीपालन र दुग्ध केन्द्र सञ्चालन गर्दै आएको छ । गढवा क्षेत्र दूध उत्पादन हुने क्षेत्र हो । यहाँबाट लमहीसम्म दुग्ध सामग्री बजार पु¥याउन गाह्रो भएपछि उनी आफैँले सङ्कलन केन्द्र खोल्नु भएको हो । दुुग्ध सङ्कलन केन्द्र खोलेपछि २० किलोमिटर टाढा दूध बोकेर बिक्री गर्न जानुपर्ने बाध्यता हटेको छ ।

दुग्ध सङ्कलन केन्द्रलाई राप्ती पारी क्षेत्रकै नमूना बनाउने यादवको लक्ष्य छ । “चिलिङभ्याट खरीद गरी दैनिक पाँच सय लिटर दूध सङ्कलन गर्ने लक्ष्य छ”, यादवले भने ।

विगत २५ वर्षदेखि व्यावसायिक रुपमा दूधको कारोवार गर्दै आएका उनले अहिले दुई छोरालाई कृषि विषय नै पढाएका छन् । “छोरा विशेषज्ञ भएपछि पेसा गर्न सजिलो होला भन्ने आश गरेको छु”, यादवले भने।

उनकै पहलमा शक्ति उपभोक्ता सहकारी संस्था स्थापना भएको छ । सहकारी संस्थामा दई सय ५० किसान आबद्ध छन् । यस्तै आधारशीला सहकारी स्थापना गरी दुग्ध उत्पादक किसानलाई उनले समेट्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement