सेन्ट्रल फाइनान्सले सात प्रतिशत नगद लाभांश दिन साधारणसभा आह्वान गर्यो

Advertisement

काठमाडौं। सेन्ट्रल फाइनान्स लिमिटेडले  आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई सात प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

संस्थाले उक्त लाभांश पारित गर्नको लागि आगामी चैत पाँच गते साधारणसभा आह्वान गरेको छ।  सभा नेपाल प्रशासनिक प्रतिष्ठान, जावलाखेल, ललितपुरमा हुँदैछ । आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने र लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने लगायतका एजेन्डा रहेका छन् ।

साधारण सभा प्रयोजनका लागि बैंकले फागुन २३ देखि चैत ४ गतेसम्म बुक क्लोज गर्नेछ । यसर्थ, फागुन २२ गतेसम्म कायम सेयरधनीले मात्र यो लाभांश पाउनेछन् ।

नगद लाभंशमा पाँच करोड ७६ लाख ३७ हजार ८५० रुपियाँ खर्च गर्दैछ । हाल कम्पनीको चुक्ता पुँजी ८२ करोड ३३ लाख रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement