सिद्धार्थ बैंकले सुरु गर्यो अनुदानसहितको सहुलियतपूर्ण कर्जा

Advertisement

काठमाडौं।  सिद्धार्थ बैंकले ब्याज अनुदानसहितको सहुलियतपूर्ण कर्जा वितरण सुरु गरेको छ। नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन, २०७५ अनुरुप आफ्नो सम्पूर्ण शाखाहरु मार्फत सेवा सुरु गरेको बैंकले जनाएको छ।

बैंकले  महिला उद्यमशिलता कर्जा पन्ध्र लाखसम्म र  विदेशबाट फर्केका युवा परियोजना  दश लाख रुपियाँसम्मको कर्जा दिने बैंकले जनाएको छ।

त्यस्तै उच्च र प्राविधिक तथा व्यवसाय कर्जा पाँच लाख, दलित समुदाय व्यवसाय कर्जा दश लाख, भुकम्प पिडित आवास निर्माणका लागि  तीन लाख, शिक्षित युवा स्वरोजगार सात लाख तथा व्यवसायिक कृषि तथा पशुपन्छी पाँच करोड रुपियाँसम्मको कर्जा दिने बैंकले जनाएको छ।

सिदार्थ बैंकका देशभर १३९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग तथा १५० वटा एटिएमहरु मार्फत ६ लाख २२ हजार भन्दा बढि ग्राहकहरुलाई बैंकिङ सेवा पुर्याउँदै आएको छ। २०७५ माघ मसान्तसम्ममा बैंकको चुक्ता पुँजी आठ अर्ब अठ्ठासी करोड रहेको छ भने एक खर्ब ८ अर्ब निक्षेप संकलन गरी खर्ब कर्जा लगानी गरेको छ।

Advertisement

Advertisement

Advertisement