करिब नौं हजार पर्ने जीओमीको 'रेड्मी गो' नेपाली बजारमा

Advertisement

काठमाडौं।  जीओमीले नेपालमा पहिलो पटक आफ्नो पहिलो एन्ड्रोइड स्मार्टफोन 'रेड्मी गो' बजारमा ल्याएको छ ।

एन्ड्रोइड गो कार्यक्रम गुगलले २०१७ सालमा सुरू गरेको थियो र यसलाई बजारमा ल्याउने बित्तिकै प्रविधिको बजारमा नयाँ प्रभावकारी मोड आएको जीओमीले जनाएको छ । कम्पनीका अनुसार यसले अपरेटिङ प्रणालीमा काम गर्छ । यसमा भएका एपहरू स्टोरेज कम खाने र डेटाको प्रयोग कम गर्ने हिसाबले निर्माण गरिएको छ। जसको बजार मूल्य आठ हजार ९९९ कायम गरिएको छ ।

नेपालका लागि प्रबन्धक सौरभ कोठारीले भने, 'जीओमीले नेपालमा प्रस्तुत भएदेखि नै सर्वत्र रूपमा माया र सरोकार पाइरहेको छ जसका लागि हामी सबै एमआइ फ्यानप्रति आभारी छौँ। भर्खरै आएको सस्तो र राम्रो रेड्मी टीएम गोसँगको अनुभव प्रभावकारी रहने आशा हामीले राखेका छौँ । सबै प्रयोगकर्ताहरूसमक्ष नयाँ प्रविधिको अनुभव पुर्‍याउने यो हाम्रो प्रयास पनि हो ।'

रेडमी गोका नयाँ एन्ड्रोइड फोनमा पाँच इन्चको एचडी डिस्प्ले (७२०x१२८० पिक्सेल), क्वालकोम स्नापड्रागनम चार सय २५ प्रोसेसर, तीन हजार मिलिएम्पियर–घण्टा (एमए एच) को व्याट्री, पछाडिपट्टि लिडफ्लाससहितको आठ  मेगापिक्सेलको क्यामेरा र अगाडिपट्टि पाँच मेगापिक्सेलको सेल्फिक्यामेराको सुविधा छ । दुई वटा सिम राख्न सकिने रेडमी गोमा एक जिबी र्‍याम र आठ जिबी रोम (स्टोरेज क्षमता) रहेको छ भने यसमा एक सय २८ जिबी क्षमतासम्मको माइक्रोएसडी स्लड (मेमोरी कार्ड राख्ने ठाउँ) समेत रहेको छ ।

रेडमी गो कालो र नीलो रंगमा उपलब्ध छ । यो अगामी मार्च ३ तारिख तदानुसार फागुन १९ गतेका दिनदेखि मोबाइल पसलहरु र दराज अनलाइन स्टोरमा उपलब्ध हुनेछ ।

Advertisement

Advertisement

Advertisement