लगानी बोर्डका सिइओ कमजोर हुँदा १४ खर्बको लगानी प्रतिवद्धताको प्रगति शुन्य

Advertisement

काठमाडौं । ठूला विदेशी लगानी भित्राउन सहजीकरण र संयोजनको भूमिका खेल्नेगरी सरकारले शक्तिशाली निकाय लगानी बोर्ड गठन गर्यो । तर यही बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कमजोर हुँदा यसअघिको लगानी सम्मेलनको १४ खर्ब रुपियाँभन्दा बढिको लगानी प्रतिवद्धतामा अहिलेसम्म कुनै प्रगति हुन नसकेको विश्लेषकहरुको भनाई छ ।

मुलुकमा लगानीका पूर्ण अनुकुल बाताबरण तयार नभए पनि बिगतको भन्दा कतिपय कुरा अहिले सुधार भएको छ । सत प्रतिशत अनुकुल स्थिति प्रायः कुनै पनि मुलुकमा हुँदैन् । तर भएको प्रगतिका आधारमा लगानीकर्तालाई आश्वस्त बनाएर लगानी भित्राउन लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारी असफल भएका छन् ।

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) विषयमा पहिलो पटक विद्याबारिधि गर्ने डा. सरोज कोइराला भन्छन्– आंशिकरुपमा हाम्रा नीति नियममा सुधार बाँकी हुनु, एकद्धार प्रणालीको कार्यान्वयन हुन नसक्नु जस्ता कुरा होलान, तर यसअघिको लगानी सम्मेलनमा १४ खर्बभन्दा बढिको लगानीको प्रतिवद्धता आउँदा अहिलेसम्म प्रगति करिव शुन्य हुनु भनेको लगानी बोर्डका सिइओको ठूलो कमजोरी हो । उहाँको असफलता हो ।

उनले प्रधानमन्त्रीदेखि पावरफुल मन्त्रीहरु रहेको बोर्डका सिइओ आफैले यो भएन्, त्यो भएन भनेर चोखिन खोज्नु भनेको असफलता हो भन्दै अधिकारीसँग लगानीकर्तालाई कन्भिन्स गर्ने गर्ने क्षमता नै नरहेको अहिलेको निराशाजनक प्रगतिबाट देखिन्छ भने ।

डा. कोइराला भन्छन्– लगानी के हो ? भन्ने कुरा नै नबुझेको मान्छेलाई सिइओ बनाएपछि समस्या त हुने नै भयो । लगानी गर्नुहोस् । हामी सहयोग गरौंलाई भनेर अहिले कसैले पनि लगानी गर्नेवाला छैन् । लगानी भित्राउन त त्यही खालको शक्ति मार्केटिङ चाहिन्छ । ब्राण्डिङ चाहिन्छ । अन्तर्राष्ट्रियस्तरमा गएर लगानीकर्ताहरुलाई हामी यो यो कुरा गर्नसक्छौं । अरु मुलुकमा भन्दा हाम्रोमा यो यो कुराहरु फरक छ भनेर भन्नेुसक्ने क्षमता हुनुपर्यो । जो मान्छे विज्ञहरुसँग छलफल गर्ने आँट गर्दैन, अर्को मभन्दा जान्ने आएर बोल्दिन्छ कि भनेर डराउँछ, त्यस्तो ब्यक्तिले यो मुलुकमा विदेशी लगानी ल्याउँछ र देश विकास हुन्छ भनेर आश गर्नु बेकार हो ।

अहिलेका लगानीकर्तालाई ‘हामी सहयोग गछौं’ भनेर पत्याएर लगानी गर्न आउने स्थिति नरहेको उनको तर्क छ । कोइरालाले लगानीकर्तालाई हरेक विषय र क्षेत्रको तुलनात्मक विश्लेषणसहित यो यो कारणले अरुभन्दा हाम्रोमा लगानी ठिक छ भन्ने कुरा नदेखाएसम्म लगानी गर्न आउँदैन् भन्दै त्यसमाथि बोर्ड आफैले दिने भनेका कतिपय सेवाहरु पनि अन्योलपूर्ण रहेको र लगानी गर्न आउनुअघि नै थुप्रै खालको समस्या, कमिशनका खेल हुने स्थिति रहेकाले यो स्थितिमा सुधार नहुँदासम्म नेपालमा जति लगानी सम्मेलन गरे पनि लगानी ल्याउन कठिन रहेको बताउँछन् ।

त्यस्तै, स्वतन्त्र उर्जा उत्पादकहरुको संख्या इप्पानले बिगतमा लगानीकर्ताका अगाडि गरेका प्रतिवद्धता पूरा नगरिकन अहिले पनि लगानी सम्मेलन गर्न लागिएको भन्दै यस्तो सम्मेलन गर्नुको अर्थ नरहेको बताइसकेको छ ।

Advertisement

Advertisement

Advertisement