सुनको मूल्य बढ्यो, यस्तो छ आजको मूल्य

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज मङ्गल सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ६२ हजार सात सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक सय रुपियाँले बढेर ६२ हजार आठ सय रुपियाँमा कारोबार भएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य पनि एक सय रुपियाँले बढेर ६२ हजार पाँच सय रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ । महासंघले सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५३ हजार आठ सय ४० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५३ हजार पाँच सय रुपियाँ ८५ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य सात सय ८० रुपियाँमा कारोबार भएको छ भने महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ६९ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement