सोमबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ घट्यो

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार लागि विदेशी विनिमयको खरिद तथा विक्रीदरमा अमेरिकी डलर खरिददर एक सय १३ रुपियाँ २७ पैसा र बिक्रीदर एक सय १३ रुपियाँ ८७ पैसा तोकेको छ । सोमबार बैंकले एक डलरको खरिददर एक सय १३ रुपियाँ ५३ पैसा र र बिक्रीदर एक सय १४ रुपियाँ १३ पैसा काय गरेबो थियो ।

यस्तै सोमबार एक यूरोको खरिददर एक सय २८ रुपियाँ ७९ पैसा र विक्रीदर एक सय २९ रुपियाँ ४७ पैसा रहेको यूरोपियन यूरोको आज खरिदर एक सय २८ रुपियाँ ७१ पैसा र विक्रीदर एक सय २९ रुपियाँ ३९ पैसा कायम गरेकोे छ ।

मंगलबार सोमबारको तुलनामा कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ । कोरियन वन भने केही पैसाले बढेको छ ।
राष्ट्र बैकले आज कोरियन वन एक सयको खरिददर १० रुपियाँ १४ पैसा छ भने विक्रीदर १० रुपियाँ १९ पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement