माहेश्वरी समाजले गर्यो जलवीरेका विद्यार्थीहरुलाई सहयोग, स्वास्थ्य शिविर पनि आयोजना

Advertisement

सिन्धुपाल्चोक । समाज सेवाका काममा निकै अग्रसर रहने मारवाडी समुदायअन्तर्गतको एक समूदाय माहेश्वरी समाजले जलवीरेस्थित रामेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई कम्प्युटर, कम्प्युटर टेवल, कुर्सी, मादल प्रदान गरेको छ ।

यही शनिबार आयोजित कार्यक्रममा ती सामग्रीहरु विद्यार्थीलाई हस्तान्तरण गरिएको हो । पूर्वमन्त्री एवं काँग्रेस नेता मोहन बस्नेत प्रमुख अथिति रहेको यस कार्यक्रममा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिनुका साथै निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरियो । बिरामीहरुलाई निःशुल्क औषधि पनि बितरण गरियो ।

२०७२ सालको विनाशकारी भूकम्पपछि क्षतिग्रस्त बनेको यस विद्यालयलाई माहेश्वरी समाजले पुनःनिर्माण गरेको थियो । समाजले यस्ता अन्य विद्यालय र अस्पतालहरु पनि पुनःनिर्माण गरेका छ । जलवीरेको कार्यक्रममा वडाध्यक्ष सनत अधिकारी, डा.कोमल थापा, कुवेर थापा, महेश्वरी समाज अध्यक्ष वृजमोहन वाहेती, महिला अध्यक्ष सुधा साप्जा, युवा संगठन अध्यक्ष अनिल झंवट, युवा अध्यक्ष निशा भुराजीयालगायत सहभागी रहेको समाजले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement