माउन्टेन हाईड्रोको १८ लाख कित्ता आइपिओ फागुन २३ मा खुल्ने

Advertisement

काठमाडौं।  माउन्टेन हाईड्रो नेपालले कूल १८ करोड १६ लाख ११ हजार रुपियाँ बराबरको आइपिओ निष्काशन गर्ने भएको छ।  कम्पनीले यहि फागुन २३ गतेदेखि १८ लाख १६ हजार ११० कित्ता आईपिओ निष्काशन गर्न लागेको हो।

कम्पनीले यसअघि सर्वसाधारणका लागि छुट्टाएको १२ लाख ५० हजार कित्ता र आयोजना प्रभावित बासिन्दाका जारी गरेको आईपिओ नाबिकेपछि बाँकी रहेको पाँच लाख ६६ हजार एक सय १० कित्ता गरि कूल १८ लाख १६ हजार ११० कित्ता आईपिओ निष्काशन गर्न लागेको जनाएको हो ।

यस आइपीओमा लगानीकर्ताले  न्यूनतम ५० कित्तादेखि ८० हजार कित्तासम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटले जनाएको छ ।

 लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल तथा माउन्टेन हाइड्रोको केन्द्रीय कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वा सुविधा भएका कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । यो आइपीओमा फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ । तर यस अवधिमा माग अनुसार आवेदन नपरेमा भने चैत २२ गतेसम्म भर्न सकिनेछ।

यो आइपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ ।

Advertisement

Advertisement

Advertisement