सेयर बजारको सुधार टिक्न सकेन, कारोबार झन निराशाजनक

Advertisement

काठमाडौं । सेयर बजारमा सोमबार देखिएको केही सुधार मंगलबार भने कायम रहन सकेन् । सोमबार सात अंकले बढेको नेप्से परिसुचक आज साही अंक दरले घटेर एक हजार १०२ कायम भएको छ ।

सोमबार अधिकांश समूहमा देखिएको सुधार आज कुनै समूहमा पनि देखिएन् । होटल, उत्पादनमूलक, अन्य र लघुवित्त समूहका उपसुचकहरु एक प्रतिशतभन्दा बढिले घटेका छन् भने बाँकीको गिरावट एक प्रतिशतभन्दा कम छ ।

सोमबार कारोबारमा देखिएको केही सुधार आज झन घटेर निराशाजनक स्थितिमा पुगेको छ । आज जम्मा १६ लाख ५६ हजार रुपियाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार गर्ने अपर तामाकोशीको ७५ लाख रुपियाँको मात्रै किनबेच छ ।

सेयर बजार सुधारका लागि प्रयास गर्दा पनि गिरावट कायम रहनुमा कम्युनिष्ट सरकारप्रतिको लगानीकर्ताको अविश्वासको रुपमा विश्लेषकहरुले लिन थालेका छन् । विशेषगरी, अर्थमन्त्री सेयर बजारप्रति सकारात्मक नहुँदा बजारमा नकारात्मक प्रभाव परेको बताइन्छ ।

Advertisement

Advertisement

Advertisement