बहालवाला सहसचिवले ‘मेरा जेठान प्रहरी प्रमुख र अदालतको हाकिम छन’ भन्दै छिमेकी कुटे

Advertisement

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नम्बर २ का क्षेत्रप्रसाद ढकालले आफूलाई आफ्नै छिमेकी तथा नेपाल सरकारका सहसचिव रुद्रप्रसाद लामिछानेले कुटपिट गरेको गुनासो पोखेका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै उनले न्यायको लागि सरकारसमक्ष अपिल पनि गरे । पत्रकार सम्मेलन पीडित ढकालले सहसचिव लामिछानेले आफूलाई पद र शक्तिको आडमा पटक–पटक दुःख दिँदै आएको गुनासो गरे । लामिछाने भौतिक योजना तथा निर्माण मन्त्रालयमा काम गर्छन् ।

लामिछानेले आफ्लाई ज्यान मार्ने योजना बनाएको पनि भन्दै पीडित ढकालले भने, ‘आज म बाध्य भएर राज्यसँग बाँच्न पाउने अधिकारको माग गर्न उपस्थित् भएको छु ।’ गत माघ १ गते बेलुका आफ्नो नातिले घर अगाडि मोटरसाईकल धोइरहेको बेला बिधवा बुहारी र नातीलाई मोटर साईकल हटाउन जबरजस्ती गर्दै लामिछानेले आफूमाथि भौतिक आक्रमण गरेको ढकालले रुँदै सुनाए ।

उनकाअनुसार मरणासन्न हुनेगरि कुटपिट गरेपछि रुद्रप्रसादकै चालकले सरकारी गाडीमा हालेर ढकाललाई शिक्षण अस्पताल पुर्याएर छोडे । शिक्षण अस्पतालमा राम्रो उपचार सेवा नपाएपछि ढकाल परिवारले उनलाई राति नै धापासीस्थित् ग्रान्डी अस्पताल पुर्याए । चार दिनको अस्पताल बसाईमा ४७ हजार ९३० रुपियाँ २२ पैसा उपचार खर्च भएको ढकालले सुनाए ।

उनले भने, ‘मैले आफ्नो माहिलो छोरा नियोजितरुपमा नै गुमाएको हुँ । मेरी बिधवा बुहारीलाई मुख छोडेर गालिगलौच गदै परिवारलाई नै निज सहसचिव लामिछानेले ज्यान मार्ने धम्की दिए, सरकारले तुरुन्त मेरो परिवारको बाँच्न पाउने अधिकारको सुनिश्चितता गरोस ।’

ब्राम्हण पेशा गरेर परिवार चलाउँदै आएका ढकालले आफूले उक्त घट्नाको उजुरी गर्न प्रहरी कार्यालयमा जाँदा प्रहरीले नगरपालिकामा जानुहोस् भन्दै दर्ता गर्न नमानेको सुनाए । उनले नगरपालिकाले प्रहरी र प्रहरीले कहिले नगरपालिका गएर उजुरी दर्ता गनुहोस् भन्दै पन्छिने गरेको ढकालको गुनासो छ ।

राज्यबाट पाउनुपर्ने न्यायको आशा मरिसकेकोले आफूलाई देश निकाला गरिदिए नै बेश हुन्छ भन्दै ढकालले भने, ‘बरु, देश निकाला गरिदिए हामी कहीं गएर मर्न हुन्थ्यो, तर यस्तो अन्याय सहेर बाँच्न मन छैन् ।’

अधिवक्ता तथा भ्रष्टाचारबिरोधि अभियन्ता सिपी पौडेलले पीडक रुद्रप्रसाद लामिछानेले पद तथा शक्तिको दुरुपयोग गर्दै सर्वसाधरणमाथि ज्यादती गरेको बताए । उनले भने, ‘निज लामिछानेले पीडित परिवारलाई ज्यान मार्ने योजना बनाईरहेको हाम्रो ठम्याई हो, उनलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ ।’ त्यस्तै राज्यले पीडित ढकाल परिवारको सुरक्षाको ग्यारेण्टी लिनुपर्ने उनले बताए ।

पीडित ढकालको जमिनमा जबरजस्ती एक कोठाको भवन, एउटा शौचालय तथा मोटर बाटो निकालेर उल्टै ज्यान मार्ने योजना बनाएको उनले खुलासा गरे । घट्नाबारे जानकारी गराउँदै अधिवक्ता पौडेलले राज्यबाट पाउनुपर्ने न्यायको अहिले अपहेलना भएको कडा प्रतिक्रिया दिए ।

पौडेलले शक्तिको आडमा बसेर लामिछानेले मनमौजी गरिरहेको पनि आरोप लगाए । उनले भने, ‘निज पीडककलाई कुटपिट तथा ज्यानमार्ने उद्योगअनुसार कारबाही गर्नुपर्छ, तर पीडित परिवारले पटक–पटक निवेदन दिँदा समेत प्रहरी प्रशासनले कुनै सहयोग गरेको पाइयो ।’

अधिवक्ता पौडेलले पीडित परिवारलाई आगामी एक हप्ताभित्र राज्यले न्याय नदिए उनीहरुको लागि आफूले काठमाडौंको टुँडिखेलमा आत्मदाह गर्नेसम्म घोषणा गरे । उनले ढकाल परिवारमाथि ज्यादती गर्ने नेपाल सरकारका सह–सचिव लामिछानेको सम्पत्तिसमेत छानबिन गर्न नेपाल सरकारसँग माग गरे ।

अधिवक्ता पौडेलले निज पीडक लामिछानेले शक्तिको प्रदर्शनी गरेको पनि आरोप लगाए । उनले भने, ‘लामिछानेले पीडित परिवारलाई मेरो जेठान प्रहरीको महानिरीक्षक हुनुहुन्छ, अर्को जेठान विशेष अदालतमा प्रमुख हुनुहुन्छ भनेर धम्काउने गरेका छन्, तिमीहरुले मलाई केही पनि गर्न सक्दैनौं भनेर पटक पटक धम्काईरहेका छन् ।’

पीडित क्षेत्रप्रसादकी श्रीमती चिनीमैयाँ ढकालले आफ्नो परिवारका सदस्यरुको ज्यान तल माथि भए त्यसको सम्पूर्ण जिम्मेवारी नीज रुद्रप्रसाद लामिछानेले लिनुपर्ने बताईन् । आफूलाई जिउँदै मारेर आफ्नो जन्मथलो छोड्न बाध्य पारिएको पनि उनले रुँदै गुनासो पोखिन् ।

आफूहरुमाथि ज्यादती र अन्याय गर्ने रुद्रप्रसादकी श्रीमतीले उल्टै क्षेत्रप्रसादले आक्रमण गर्यो भन्दै मुद्दा दर्ता गर्न खोजेको पनि गुनासो गरिन् । आफ्ना श्रीमान्लाई मर्नेगरि कुटपिट गर्दासमेत प्रहरी प्रशासनले शक्तिकै आडमा आफूहरुको मुद्दा दर्ता नगरेको पनि उनले गुनासो गरिन् ।

Advertisement

Advertisement

Advertisement