सर्वोच्चले आदेश दिए पनि सुमार्गीको पैसा इन्भेष्टमेन्ट बैंकमा फर्काउन असंभव

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले विवादित व्यवसायी अजयराज सुमार्गीको विभिन्न बैंकमा रहेको रकम फिर्ता गर्न आदेश दिए पनि तत्काल सम्भव नहुने भएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकको रकम स्थानान्तरण गरेका बैंकहरुले पैसा फर्काउन सक्ने अवस्था नभएको बताएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि व्यवसायी सुमार्गीले इन्भेस्टमेन्ट बैंकमा रहेको आफ्नो ७५ लाख अमेरिकी डलर अन्य बैंकमा स्थानान्तरण गराएका थिए । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले अल्पकालीन आदेश दिँदै रकम झिक्ने अनुमति दिएको थियो ।

सुमार्गी स्वामित्वको मुक्तिश्री सिमेन्ट उद्योगको नाममा बैंकमा जम्मा भएको रकम शंकास्पद देखिएको जनाउँदै पछिल्लो पटक सर्वोच्चले झिकेको रकम फिर्ता गर्न आदेश दिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यसअघि भएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत अनुसन्धान गर्नुपर्ने देखिएकाले बैंकबाट झिकिएको विवादित रकम फिर्ता लिन राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि राष्ट्र बैंकले सुमार्गीको पैसा फिर्ता गराउन बैंकहरुलाई निर्देशन दिएको थियो । तर, उक्त निर्देशन कार्यान्वयन गर्न सम्भव नदेखिएको हो ।
नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement