बुधवार सुनको मूल्य घट्यो

Advertisement

काठमाडौं । साताको चौंथो दिन आज बुधवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ६२ हजार आठ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य बुधबार दुई सय रुपियाँले घटेर ६२ हजार छ सय रुपियाँमा कारोबार भएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि दुई सय रुपियाँले घटेर ६२ हजार तीन सय रुपियाँमा कारोबार भएको छ । महासंघले बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५३ हजार छ सय ७० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५३ हजार चार सय १५ रुपियाँ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि पाँच रुपियाँले घटेर सात सय ७५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ६४ रुपियाँ पचास पैसा काम गरेको छ ।

Advertisement

Advertisement

Advertisement