सेयर मूल्य थप घट्न नदिन युनिलिभरले देखायो नाफामा अस्वाभाविक वृद्धि

Advertisement

काठमाडौं । युनिलिभर नेपालका उत्पादनहरुमा गिरावट आइरहेको समाचार बाहिर आएको बेला सो कम्पनीले आफनो नाफामा अस्वाभाविक वृद्धि भएको तथ्य बाहिर ल्याएको छ । पतन्जलीका उत्पादनहरुको माग बढेसँगै युनिलिभरका उत्पादनहरुमा निकै गिरावट आएको छ । बिक्री घटेसँगै युनिलिभरको सेयरमा पनि भारी गिरावट भएको छ । छ महिनाअघि २७ हजारभन्दा बढि रहेको युनिलिभरको सेयर अहिले घटेर १९ हजारको हाराहारीमा आइपुगेको छ ।

यसरी युनिलिभरको सेयर तीब्र घट्नुमा उसका उत्पादनहरुको बिक्रीमा आएको कमी प्रमुख कारण रहेको विश्लेषकहरुले बताउँदै आएका छन् । बिक्री घटिरहेको बेला कम्पनीले भने चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म १०९ प्रतिशतभन्दा बढि नाफा गरेको भन्दै शंकास्पद रिपोर्ट सार्वजनिक गरेको छ ।

बिक्री नै घटेको बेला यति ठूलो नाफा कसरी संभव होला ? स्रोत भन्छ– यो सरासर लगानीकर्तालाई कन्फ्युजनमा राखेर सेयर मूल्य तप घट्न नदिने रणनीति देखिन्छ । कम्पनीका अनुसार यस अवधिमा उसले ३२ करोड ७ लाख खुद नाफा कमाएको छ । यो नाफा गत बर्षको यसै अवधिभन्दा १६ करोड ७७ लाखले बढि हो ।

स्रोत भन्छ– यसमा चिटिङको ठूलो संभावना देखिन्छ । हुन त युनिलिभर जस्ता बहुर्राष्ट्रिय कम्पनीलाई छुने हिम्मत नेपालमा कसैसँग पनि छैन् । तर आम लगानीकर्ताहरु भने यस्ता कुराहरुदेखि आफै सचेत हुनु जरुरी छ । कर्पोरेट हाउसहरुले आफ्नो स्वार्थका लागि जे जस्तो पनि गर्नसक्छन् ।

युनिलिभरको सेयरमा भारी गिरावट हुँदा पनि उसको सेयर मूल्य सबैभन्दा अगाडि छ । अहिले युनिलिभरको सेयर मूल्य प्रतिकित्ता १९ हजार ६२१ रुपियाँ रहेको छ ।

कम्पनीले यस अवधि समममा एक अर्ब २४ करोड २३ लाख रुपियाँ बराबरको उत्पादन बिक्री गरेको जिकिर गरेको छ, जुन पतन्जलीको उत्पादनहरु हाबी भएअनुसार विश्वास गर्न कठिन छ । युनिलिभरले १४ करोड ६३ लाख रुपियाँ अन्य स्रोतबाट आम्दानी गरेको जनाएको छ ।

मकवानपुरको बसामाडीमा कारखाना स्थापना गरेको कम्पनीले साबुन, सर्फ, दन्त मन्जन लगायतका सौन्द्रर्य प्रशाधनहरु उत्पादन तथा बिक्री वितरण गर्ने गर्छ ।

Advertisement

Advertisement

Advertisement