नेप्सेमा एनआईसी एशियाको बोनस सेयर सूचिकृत

Advertisement

काठमाडौं।  एनआईसी एशिया बैंकको ८० लाख ३१ हजार एक सय १७ कित्ता सेयर  नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ ।

गत पुस ४ मा बसेको २१औं साधारणसभाबाट पारित १० प्रतिशत बोनस शेयर संख्या सो पश्चात् बैंकको जारी तथा चुक्ता पूँजी आठ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६ सय ९८ रुपियाँ पुगेको छ ।

बैंकको केही सेयर अझै अभौतिकरण भइनसकेको परिप्रेक्ष्यमा उक्त शेयरहरू अभौतिकीकरण गर्न बैंकले शेयरधनीहरुलाई आग्रह गरेको छ ।

बैंकले देशभर दुई सय ७७ शाखा कार्यालयहरु, दुई सय ९० एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गरिरहेको छ ।

बैंकको वासलातको आकार दुई सय १५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब एक सय ७१ अर्ब रुपियाँ तथा कुल कर्जा करिब एक सय ४९ अर्ब रुपियाँ पुगिसकेको छ ।

हाल यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement