ग्लोबल आइएमई बैंकको थप ३ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ३ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवाको सुचारु गरेको हो ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पत बैंकिङसेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डीस होमर सीडीएमएरयुटीएलकोे महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा शुरु गरेको जानकारी दिएको छ ।

बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ८ वटा एक्सटेन्सन काउण्टर तथा १२० शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्पmत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले फागुन १३ गते देखि बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका– १२, अमलाचौरमा ११८औँ, डोटी जिल्लाको केआई सिहंगाउँपालिका – २, तिखातरमा ११९औँ र रोल्पा जिल्लाकोलुंग्री गाउँपालिका – १२, सिर्पमा १२०औँ शाखारहित बैंकिङ सेवाको शुरुवात गरेको जानकारी दिएको छ ।

त्यस्तै, बैंकले प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा १५ लाख रुपियाँसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ । साथै बैंकले मलेसिया,दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement