महालक्ष्मी बैंकले गर्यो सरसफाई तथा बैकिङ कारोबार सचेतना कार्यक्रम

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकको नयाँबजार शाखाले सरसफाई तथा बैकिङ कारोबार सम्बन्धी जनचेतना मूलक कार्यक्रम गरेको छ । बैंकले मंगलबार “सफा सहर हामी सबैको रहर” भन्ने मूल नारा रहेको उक्त सरसफाई अभियान सोहखुट्टेबाट सुरु भई बालाजुमा आएर समापन गरेको थियो ।

कार्यक्रममा बैंकका प्रतिनिधिहरु, मनासलु पब्लिक सेकेन्डरी स्कुलका विद्यार्थीहरु तथा सोह्रखुट्टे प्रहरी कार्यालयका प्रहरी प्रमुख, तथा सरसफाई अभियान्ता, सोह्रखुट्टेका स्थानीय वासिन्दाहरुको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रम गर्नुका साथै बैंकका प्रतिनिधिहरुले सर्वसाधारणलाई बैंकिङ कारोबारको विषयमा जानकारी दिएको बैंकले जनाएको छ ।

सरसफाई कार्यलाई नै लक्षित गर्दै बैंकको कावासोती शाखाले डस्टबिन वितरण गरेको छ । शाखाले कावासोती नगरपालिकाको वार्ड नं १२ , धनन्चल स्थित शिव माध्यमिक विद्यालय तथा कावासोती टोल सुधार समिति गरी तीन ठाउँमा कुल ३० वटा डस्टबिन वितरण गरेको जानकारी दिएको छ ।

बैंकले आगामी दिनहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यहरु गर्ने प्रतिबद्धता जनाएको छ ।

Advertisement

Advertisement

Advertisement