कामना सेवाको ६८औंं शाखा जनकपुरमा

Advertisement

काठमाडौं ।  कामना सेवा विकास बैंकले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं ९ स्थित पिडारी चोकमा यही फाल्गुन १४ गते आफ्नो ६८औं शाखा कार्यालय स्थापना गरेको छ । प्रमुख अतिथि तथा जनकपुर उपनागरपालिका मेयर लाल बहादुर साह,बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रूपमा एटिएम तथा शाखाको कारोबार शुभारम्भ गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको सन्क्षिप्त जानकारी गराउनु हुदैं प्रदेश नं २मा  ४ वटा शाखा पुगिसकेको र व्यापार विस्तारलाई तीव्रता दिने उद्धेश्य सहित बैंकले थप शाखाहरु पनि शिघ्र सञ्चालनमा ल्याउनेगरि निर्माण तथा सजावटको काम भईरहेको बताए ।

काठमाण्डौ – ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६८वटा शाखा मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement