छोराको मृत्युको खबरले बाबुआमा बेहोस, अस्पताल भर्ना

Advertisement

पोखरा । मन्त्री भइसकेको आफ्नो छोरोको मृत्युको खबर सुनेपछि रविन्द्र अधिकारीका बाबुआमा बेहोस भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

हेलिकप्टर दुर्घटनामा छोरोको निधन भएको खबर सुनेपछि पोखराको मालेपाटनमा रहेका पर्यटनमन्त्रीका बाबुआमा इन्द्रप्रसाद र लक्ष्मी स्तब्ध भएका हुन् । बेहोस अवस्थामा उनीहरुलाई उपचारका लागि परिवार र छिमेकीले अस्पताल पुर्याएका हुन् ।

उनीहरु अहिले पनि अर्धचेत अवस्थामा रहेको जनाइएको छ । बाबुआमा रिजनल अस्पतालमा राखिएको थप उपचारका लागि यति एयरको उडानबाट लैजाने तयारी भइरहेको जनाइएको छ ।
ऋष्तष्शभल

बुधबार दिउसो ताप्लेजुङको सिस्नेमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको मृत्यु भएको थियो।

Advertisement

Advertisement

Advertisement