पाँचथर पावरको आईपिओमा १.३० गुणा बढी पर्यो आवेदन, म्याद शुक्रबारसम्म

Advertisement

काठमाडौ । पाँचथर पावर कम्पनीले निष्काशन गरेको आईपिओमा फागुन १५ गते बुधबारसम्ममा २१ करोड १० लाख रुपियाँ बराबरको आवेदन परेको छ। कम्पनीको आईपिओमा आवेदन गर्ने बिहीबार अन्तिम दिन भएपनि सरकारले सार्वजनिक विदा दिएका कारण शुक्रबारसम्म आईपिओ खुला हुने कम्पनीले जनाएको छ ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित ७ जना सवार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना परि निधन भएपश्चात सरकारले बिहीबार सार्वजनिक विदा दिएको हो ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बुधबार साँझसम्ममा आईपिओमा १.३९० गुणा बढी आवेदन परिसकेको छ । बिहीबार बेलुकासम्ममा ५० हजार २०० आवेदन मार्फत २१ लाख १० हजार कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य एक सय रुपियाँ प्रतिकित्ता दरले १७ करोड ५० लाख २५ हजार रुपियाँ बराबरको १७ लाख ५० हजार २५० कित्ता शेयर निष्काशन गरेको थियो ।

निष्काशित आईपिओ मध्ये कर्मचारीहरूलाई ३५ हजार ५ कित्ता र सामुहिक लागानी कोषलाई ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता शेयरका लागि सर्वसाधारणहरूले आवेदन गर्न सक्नेछन ।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्वाको प्रणली मार्फत आवदेन दिन सक्नेछन् । कम्पनीको शेयरमा छिटोमा फागुन १७ गते शुक्रबार बन्द हुनेछ । पाँचथर पावरले फागुन १३ गते देखि आइपिओ खुला गरेको हो ।

कम्पनीको शेयरमा न्यूनतम १० कित्ता अर्थात प्रतिकित्ता १०० रुपियाँका दरले एक हजार रूपियाँदेखि अधिकतम ९ हजार ६२० कित्ताका लागि ९ लाख ६२ हजार रुपियाँसम्म आवेदन दिन पाउने व्यवस्था छ ।

Advertisement

Advertisement

Advertisement