साल्ट ट्रेडिङले ३५ प्रतिशत लाभांश पारित गर्न साधारणसभा आह्वान गर्यो

Advertisement

काठमाडौं  । साल्ट ट्रेडिङ कर्पोरेसनले  सेयरधनीलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।  कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्नका लागि आगामी चैत ११ गते साधारणसभा आह्वान गरेको छ।

२५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल ३५ प्रतिशत  लाभांश वितरण गर्ने जनाएको छ । यस्तै, सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ ।

कम्पनीले सभा प्रयोजनका लागि फागुन २४ देखि चैत ११ गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन २३ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

सञ्चालक समितिले आव २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफानोक्सानमा छलफल गर्ने, लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने लगायत एजेन्डाहरु पनि रहेका छन् ।

Advertisement

Advertisement

Advertisement