एनआईसी एशियाको सम्पुर्ण शाखा कार्यालयहरुमा स्मार्ट टेलर सञ्चालनमा

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल वैंकिङ् प्रविधिमा आएको विकासलाई ध्यानमा राखेर सम्पुर्ण शाखा कार्यालयहरुमा रहेका टेलर लाई आधुनिकिकरण गरि स्मार्ट टेलर सञ्चालनमा ल्याएको छ । ग्राहकहरुको सुविधालाई अझ परिस्कृत गर्ने अभिप्रायले बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

यस स्मार्ट टेलर मार्फत बैंकका ग्राहक महानुभावहरूले चेक बिना नै आफ्नो मोबाइल बैंकिङ् तथा डेबिट कार्ड प्रयोग गरि काउन्टरबाट रकम झिक्न सक्नेछन् । यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।

एनआईसी एशिया बैंकले पछिल्लो समय विभिन्न ग्राहकमुखी योजना, ग्राहकमैत्री व्यवस्थापन, वस्तु तथा सेवाको उन्नत गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन लगायतका अवयवहरुमा केन्द्रित हुँदै निजी क्षेत्रबाट सञ्चालित बैंकहरूमा सफलता प्राप्त भएको बैंक हो ।

Advertisement

Advertisement

Advertisement