अब वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सेवा बबरमहलबाट लिन सकिने

Advertisement

काठमाडौं । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले आफ्ना अब सबै सेवा बबरमहलबाट दिने भएको छ । बानेश्वरको सचिवालयबाट दिँइदै आएको सेवा अब बबरमहलको नेपाल औषधी लिमिटेडको भवनबाट दिने भएको हो ।

वैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन, व्यवस्थित, कामदारको हकहितको संरक्षण गर्न बोर्डले काम गर्दै आएको छ । अहिले कार्यालय सर्ने काम भइरहेको बोर्डले जानकारी दिएको छ ।

बोर्डले गत पुस मसान्तसम्म आवेदन लिएर विदेशबाट फर्किएर स्वदेशमै केही गर्न चाहने सीप भएकालाई १० लाख रुपियाँ सहुलियत ऋण उपलब्ध गराउने काम समेत शुरु गरेको छ ।

बोर्डवाट अहिलेसम्म मूख्य गरेर मृतकका परिवारलाई आर्थिक सहायता, बिरामी एवं अंगभंग भएकालाई उपचार खर्च, बिदेशमा अलपत्र परेका शव ल्याउन सहयोग, रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह, आर्थिकमन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामुलक कार्यक्रमहरु संचालन, बिदेशमा सुरक्षित गृह संचालन गर्ने कार्य गर्दै आएको छ ।

नयाँ अन्तर्राष्ट्रिय श्रम बजारको खोजीका लागि अध्ययन गर्ने, वैदेशिक रोजगार प्रवर्द्धनको लागि सूचना संकलन, प्रशोधन र प्रकाशन गर्ने, वैदेशिक रोजगार कल्याणकारी कोषको परिचालन गर्ने, वैदेशिक रोजगारीमा गएका कामदारको हित संरक्षण लगायतका काम बोर्डबाट हुँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement