पोखरामा जेट विमान ओर्लिएको हेर्ने र २० लाख पर्यटक भित्र्याउने मन्त्रीको सपना अधुरै

Advertisement

काठमाडौं । पर्यटनका प्रमुख स्रोत बजारसँग नेपालको सिधा सम्पर्क स्थापना गर्ने र नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय व्यापारको ६० प्रतिशत हिस्सावाहक बनाउने पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सपना अपुरै रहेकोे छ ।

मन्त्री अधिकारीले पद सम्हालेकै दिनमा २०२० लाई पर्यटन वर्ष मनाउने निर्णय लिएका थिए । २०२० मा जसरी पनि २० लाख पर्यटक भित्र्याएर २० लाखको केक काट्ने उनको सपना थियो ।

तोकिएको समयभन्दा अगाडि नै पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको काम सक्ने र आफ्नै कार्यकालमा जेट विमान ओर्लिएको हेर्ने उनकोे यो सपना पनि अधुरो रहेको छ ।

लुम्बिनी क्षेत्रमा पर्यटकको संख्या र गतिशिलता तीन गुणाले बढाउने, जनकपुरमा रामायण सर्किट निर्माण गरी सहरलाई प्रदेश नं. २ को पर्यटकीय गन्तव्य बनाउने र मुक्तिनाथ क्षेत्र, स्वर्गद्वारीको गुरु योजनामा पुर्णविराम लागेको छ ।

उनले रारा र खप्तड क्षेत्र विकास कार्यक्रमसँगै पदमार्ग स्थापना गर्ने कामको त सुरुवात पनि गर्न पाएनन् । पाथीभरा र हलेसी महादेव क्षेत्र विकासका लागि काम गर्नेक्रममै ज्यान गुमाउनु पर्यो ।

अधिकारीको निधनले नेपाली पार्टीको एउटा भरोसायोग्य खम्बा ढलेको अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताएका छन् ।

उनीहरुले शोक विज्ञप्ति जारी गर्दै नेपाली राजनीतिमा प्रचुर सम्भावना बोकेका एक विद्यार्थीरुको ढुकढुकी मानिएका युवा नेता अधिकारीको निधनले लाखौं विद्यार्थीको आशाको दियो निभेको बताएका छन् ।

उनी लाखौंलाख युवा विद्यार्थी मात्र नभई सिंगो राष्ट्रका आशाका केन्द्र थिए । उनले वि.सं २०४९ सालमा पिएन क्याम्पसका स्ववियु सभापति, २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसका सभापतिमा निर्वाचित भएपछि २०५६ सालमा अनेरास्ववियूको केन्द्रिय अध्यक्ष भएका थिए ।

सोही क्रममा उनले विद्यार्थीलाई यातयातमा ३३ प्रतिशत छुट पछि ४५ प्रतिशत छुट दिलाउने आन्दोलन, कालापानी मार्च अभियान तत्कालीन प्रविण गुरुङका हत्यारालाई ‘दरबारमा होइन जेलमा राख’ भन्ने साहसिक आन्दोलन र सीमासुरक्षा आन्दोलन लगायतका कैयौं बहुचर्चित र सफल आन्दोलनको सफल नेतृत्व गरेका थिए ।

त्रि.वि. बाट ब्यबस्थापनमा स्नातकोत्तर गरेका उनले संबिधान सभा लोकतन्त्र र पुनर्संरचना पुस्तक २०६३ मा प्रकाशित गरेका छन । बिगत दुई दशकदेखि उनका सयौं अनुसन्धान र राजनीतिक लेखहरु छापिएका छन । २०४५ मा १ बर्ष माध्यमिक विद्यालयमा अध्यापन गरेका अधिकारी अहिले पनि विभिन्न क्याम्पसहरुमा अतिथिको रुपमा अध्यापन गर्थे । एशियाली विद्यार्थी संगठन, विश्व प्रजातान्त्रिक युवा संघ लगाएत अन्तर्राष्ट्रि युवा विद्यार्थी संगठनमा संलग्न भएर भूमिका निर्वाह गरेका अधिकारी विभिन्न अन्तराष्ट्रीय सम्मलेनमा भाग लिएका थिए ।

Advertisement

Advertisement

Advertisement