नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ एक्स्टेन्सन काउण्टर बबईमा

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले बर्दिया जिल्लाको बासगढी नगरपालिका–१ स्थित बबई चेपाङ्गमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकलाई चौविसै घण्टा सेवा दिन उक्त एक्सेन्टर काउण्टर खोलेको हो ।

बबई एक्सेन्टर काउण्टर बैंकको सुर्खेत शाखा अन्र्तगत रहेको छ । बबई एक्स्टेन्सन काउण्टरबाट रकम खातामा जम्मा गर्न र झिक्न मिल्नुका साथै रेमिट्यान्सको सुविधा, मोवाइल बैंकिङ जस्ता बैंकिङ कारोवार गर्न सो भेगका जनतालाई सहयोग पुर्याउने विश्वास राखेको छ ।

यस काउण्टरले सुुर्खेत कोहलपुर खण्डमा पर्ने सम्पुर्ण व्यापारिक केन्द्रका साथै छिन्चु, बबईलगायतका जनतालार्ई आर्थिक कारोबार गर्न सहयोग पुर्याउने जानकारी दिएको छ ।

ग्राहक सुविधालाई मध्यनजर गर्दै ७८ वटा शाखा कार्यालय, ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, ११० वटा एटिएम तथा तीन हजार छ सय ६५ वटा पीओएस मेसिन बाट सेवा दिइरहेको छ ।

Advertisement

Advertisement

Advertisement