अजोड इन्स्योरेन्स र बेष्ट फाइनान्सबीच बीमा सेवा सम्झौता

Advertisement

काठमाडौं । अजोड इन्स्योरेन्स र बेष्ट फाइनान्स कम्पनीबीच सहकार्य गदै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । यस सम्झौताको उद्देश्य ग्राहकहरुलाई निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा फाइनान्स कम्पनीका सबै शाखाबाट दिनु हो ।

बुधवार आयोजित कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्री र वेष्ट फाइनान्स कम्पनी लिका प्रमुख कार्यकारी अधिकृत तोयाराज अधिकारीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिसँगै फाइनान्सका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा फाइनान्स कम्पनीका सबै शाखाबाट लिन सक्ने जानकारी अजोड इन्स्योरेन्स लिका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द« थापाले जानकारी गराए ।

Advertisement

Advertisement

Advertisement