ओली भन्छन्– मैले सारथी गुमाए

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्री रविन्द्र अधिकारीको निधनबाट आफूले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्ने सारथी गुमाएको बताएका छन् । मन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै उनले यस्तो बताएका हुन् ।

ओलीले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाबाट आफूले परिवारका सदस्य गुमाएको महसुस गरेको बताउँदै दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्य झैं असह्य पीडा महसुस गरेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘हामी देखेको समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्ने एक सारथीका रूपमा आज मा. अधिकारी, यती एयरलायन्सका प्रबन्ध निर्देशक एवं अब्बल पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पासहित तेह्रथुमको चुहानडाँडामा नयाँ एयरपोर्टको सम्भाव्यता अध्ययनको लागि जानुभएको थियो।
यस दुर्घटनाबाट मैले परिवारका सदस्य झैं असह्य पीडा महसुस गरेको छु । मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै यसबाट पर्न गएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दछु। सरकार साथमा छ (हामी सबै साथ) साथ मिलेर यस पीडालाई सहन गर्न सकौं।’

Advertisement

Advertisement

Advertisement