शुक्रबार यती र तारा एयरलाइन्सको उडान बन्द हुने

Advertisement

काठमाडौ । यती एयरलाइन्स र तारा एयरलाइन्सले शुक्रबारका लागि उडान नगर्ने भएका छन् । एयरलाइन्स कम्पनीका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि दुवै कम्पनीले उडान नगर्ने जानकारी दिएका हुन् ।

यती एयरलाइन्सले विज्ञप्ति जारी गरी प्रबन्ध निर्देशक शेर्पाको आत्माको शान्तिको कामना गर्दै शुक्रबार उडान नगर्ने जानकारी दिएको छ । त्यसबाट यात्रुमा परेको असुविधा प्रतिक्षमा माग्दै शनिबारबाट नियमित उडान कम्पनीले जनाएको छ ।



 

Advertisement

Advertisement

Advertisement