चितवनको ग्लोबल आईएमई बैँकमा आगलागी

Advertisement

चितवन । चितवनको नारायणगढमा रहेको ग्लोबल आईएमई बैँकको शाखा कार्यालयल आज दिउँसो आगलागी भएको छ ।

दिउँसो लागेको आगो भरतपुर महानगरपालिकाको बारुण यन्त्र तथा नेपाल प्रहरीको सहयोगमा करिब एक घण्टाको प्रयासपछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद रेग्मीका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीका कारण बैंकका शाखा प्रबन्धकको कार्यकक्षमा रहेको फर्निचर तथा कम्प्युटर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेकोले क्षतिको यथार्थ विवरण आउन समय लाग्ने रेग्मीले बताए । आज सार्वजनिक विदाको दिन भएका समेत आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको शाखा प्रबन्धकको यद्यपि बैंकका शाखा प्रबन्धक सचिन न्यौपानेले बताए।

Advertisement

Advertisement

Advertisement