शोकमा रहेका प्रधानमन्त्री साना किसान सम्मेलनमा आएनन्

Advertisement

काठमाडौ । आफ्नो मन्त्रिमण्डलका एक सदस्य एवं आफ्नो पार्टीका केन्द्रीय सदस्य रविन्द्र अधिकारीको निधनपछि शोकमा रहेका प्रधानमन्त्री केपी ओली बिहीबारको साना किसान सम्मेलनको उदघाटनमा सहभागी भएनन् ।

उम्मेलनको उदघाटन प्रधानमन्त्री ओलीले गर्ने तय भएको थियो । बुधबार अकल्पनीय घटना भएपछि सम्मेलनमन्त्री सम्मेलनमा सहभागी हुन नसकेका हुन् ।

‘साना किसानको सम्बृद्धिः कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ भन्ने नाराका साथ सुरु भएको दुइ दिने सम्मेलन साना किसान विकास लघुवित्त वित्तिय संस्था, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक खेमबहादुर पाठकले अन्तर्राष्ट्रियस्तरमा भईरहेको प्रविधिको प्रयोग र उत्पादनमा देखिएको बढोत्तरीको साथै नेपालमा भईरहेको कृषि क्षेत्रको खोज आनुसन्धान विज्ञहरुको विचार आदान प्रदान गर्ने माध्यम सम्मेलन भएको बताए ।

अध्यक्ष पाठकले भने २०७१ सालमा हामीले सम्मेलनको आयोजना गरेका थियौ जसको प्रभावले देशभर साना किसानका संस्था र सदस्य बढेका छन् भन्दै उत्पादन र उत्पादकत्व पनि बढ्दै गएको बताए । अब आगामी १० वर्षमा नेपाललाई प्राथमिक रुपमा नेपालमा उत्पादन हुने सामग्रीमा आत्मनिर्भर बन्ने उनले बताए ।

पाठकले संयुक्त राष्ट्र संघले अघि बढाएको दिगो विकास लक्ष्यमा आधारित रहेर गरिवी निवारण, भोकमरीको अन्त्य गर्दै पोषणयुक्त भोजनको व्यवस्था गर्न सक्ने परिवारको विकास गर्ने प्रतिवद्धता जनाए । उनले सरकारले अगाडी बढाएको समृद्ध नेपाल खुसी नेपालीको अभियानलाई सायोग गर्दै धेरै भन्दा धेरै युवा तथा महिलाहरुलाई कृषिमा संलग्न गराउने बताए ।

२०३२ देखि सञ्चालित साना किसान विकास कार्यक्रमले ७० जिल्लामा करिब सात सय साना किसान कृषि सहकारी संस्थाहरुको स्थापना गरी ८ लाख विपन्न तथा साना किसान परिवारलाई सेवा प्रदान गर्दै आएको छ । सम्मेलनमा देशभरका १ हजार साना किसानका प्रतिनिधि र २ सय अन्तराष्ट्रिय कृषि तथा सहकारी क्षेत्रका व्यक्तिहरु गरी जम्मा १२ सय जनाको सहभागिता रहेको आयोजकको दाबी छ । सम्मेलनमा बिहिबार १३ वटा कार्यपत्र प्रस्तुत भएका थिए ।

Advertisement

Advertisement

Advertisement