रिलायन्स फाइनान्सको संस्थापक शेयर लिलामी बिक्रीमा

Advertisement

काठमाडौं । रिलायन्स फाइनान्सले फागुन १७ गते देखि फेरि संस्थापक शेयर लिलामी बिक्रीमा ल्याएको छ। यसअघि तीन पटक लिलामी खुला गर्दा पनि बिक्री नभएपछि फाइनान्सले शुक्रबारदेखि एक लाख ८८ हजार ८७४ दशमलव ५२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो।

संस्थापक शेयर लिलामीमा बोलपत्र पेश गर्न इच्छुक व्यक्ति वा संस्थाहरुले फाइनान्सको बिक्री प्रबन्धक सनराइज क्यपिटल कमलपोखरी तथा रिलायन्सका महेन्द्रपुल पोखरा, नारायणढ चितवन, बनेपा काभ्रे, चारआली, झापामा बुझाउन सक्ने फाईनान्सले जनाएको छ ।

कम्पनीको लिलामी शेयरमा न्यूनतम प्रति शेयर एक सय रुपियाँ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गरी न्यूनतम एक हजार कित्ताको लागि आवेदन गर्नुपर्ने जानकारी दिइएको छ ।

फाइनान्सले यसअघि खुला गरेको लिलामीमा बिक्री नभएपछि फेरि सर्वसाधारणले समेत आवेदन गर्न पाउनेगरी लिलामी खुला गरेको छ । रिलायन्स फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ४९ लाख रुपियाँ नोक्सानी ब्यहोरेको छ।

फाइनान्सको चुक्ता पूँजी ७२ करोड ४३ लाख रुपियाँ रहेको फाइनान्सको प्रतिशेयर आम्दानी दुई रुपियाँ ६ पैसाले ऋणात्मक रहेको छ । जगेडा कोषमा एक करोड ५१ लाख वृद्धि गरेर उसले २२ करोड ७ लाख रुपियाँ सञ्चित गरेको छ । फाइनानसको प्रति शेयर नेटवर्थ १३० रुपियाँ ६८ पैसा रहेको जनाएको छ ।

फाइनान्सको संस्थापक शेयर अन्तिम पटक प्रतिकित्ता ११० रुपियाँमा कारोबार भएको छ भने साधारण शेयर फागुन १५ गते दोस्रो बजारमा फाइनान्सको शेयर प्रतिकित्ता ११२ रुपियाँमा कारोबार भएको जानकारी दिएको छ।

धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको संस्थापक शेयरको कारोबार साधारण शेयरको जस्तै सहज नभएका कारण पनि कम्पनीहरुलाई संस्थापक शेयर बिक्री गर्न कठिनाई उत्पन्न हुने गरेको छ ।

Advertisement

Advertisement

Advertisement