मन्त्री अधिकारीलाई प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा, टुँडिखेलमा श्रद्धान्जली दिने क्रम जारी

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको शवलाई राष्ट्रिय झण्डा ओडाएर राष्ट्रिय सम्मान गरेका छन् ।

ओलीले अन्य मृतकहरूको शवमा फूलमाला अपर्ण गर्दै श्रद्धाञ्जली व्यक्त गरे । अधिकारी आफ्नै मन्त्रिमण्डलको सदस्य मात्रै नभएर आफ्नै पार्टीका केन्द्रीय सदस्य पनि हुन् ।

गत बुधबार ताप्लेजुङको पाथीभरा मन्दिर नजिक एयर डायनाष्टीको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको मृत्यु भएको थियो । उनीहरुलाई बिहीबार नै टुँडिखेलमा श्रद्धान्जलीका लागि राखिने भनिए पनि पोष्टमार्टमको काम ढिलो भएपछि आज श्रद्धान्जली अर्पण गरिएको हो ।

मन्त्री अधिकारीसहित सबै मृतकलाई अहिले विभिन्न दलका नेता, उच्च पदस्थ अधिकारी र सर्वसाधारणले श्रद्धान्जली दिने क्रम जारी छ । दुर्घटनामा प्रधानमन्त्री कार्यलयका उपसचिब युवराज दाहाल, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे, नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक बिरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको मृत्यू भएको थियो।

Advertisement

Advertisement

Advertisement