सुनको मूल्य ह्वात्तै घट्यो, तोलामा चार सय कम

Advertisement

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ६२ हजार चार सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज शुक्रबार चार सय रुपियाँले घटेर ६२ हजार रुपियाँ भएको हो ।

त्यस्तै, बिहीबार प्रतितोला ६२ हजार एक सय रुपियाँमा कारोबार भईरहेको तेजाबी सुन आज चार सय रुपियाँले घटेर प्रतितोला ६१ हजार सात सय रुपियाँमा कारोबार भएको छ । त्यसैगरी, आज चाँदीको मूल्य पाँच रुपियाँले घटेर प्रतितोला सात सय ७० रुपियाँमा कारोबार भएको छ ।

Advertisement

Advertisement

Advertisement