मन्त्री अधिकारीको पार्थिव शरीरलाई पोखरा लैजादै

Advertisement

काठमाडौं । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको शवलाई काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जली दिने काम सकिएको छ ।

शुक्रबार विहानदेखि राखिएको शवहरुलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले अन्तिम श्रद्धाञ्जली दिएकी हुन् । श्रद्धाञ्जलीको काम सकिएलगत्तै मन्त्री अधिकारीलाई उनको गृहजिल्ला कास्कीमा लैजाने तयारी भइरहेको छ ।

काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको प्रदर्शनी केन्द्रमा राखिने र प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङ र सर्वसाधारणले श्रद्धाञ्जली दिएपछि राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement