कालिका पावरको साधारण सभा चैतको पहिलो हप्तामा हुने

Advertisement

काठमाडौं। कालिका पावर कम्पनीले यहि चैत ८ गते ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर–१० चितवनमा बिहान ११ बजे हुने कम्पनीले जनाएको हो । सभामा वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण स्वीकृत गर्ने, सञ्चालकको चयन गर्ने लगायतका एजेन्डा रहेका छन् ।

साधारण सभाको लागि फागुन २७ गतेदेखि ३० गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द रहने कम्पनीले जनाएको छ । तसर्थ, फागुन २६ गतेसम्म सेयर होल्ड गर्ने लगानीकर्ताले मात्र साधारण सभामा सहभागिता जनाउन पाउने छन् ।

कालिकाले गत भदौमा आइपीओ बिक्री गरी पुँजी ६० करोड रुपैयाँ बनाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यसले ९ करोड ४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ८६ पैसा रहेको छ ।

Advertisement

Advertisement

Advertisement