आफ्नै पार्टीका मन्त्रीको मृत्युको खबर सत्तारुढ नेताले आज मात्रै थाहा पाए

Advertisement

काठमाडौं । पूर्वमन्त्री एवं नेकपाका नेता सुरेन्द्र पाण्डेले आफ्नै पार्टीका केन्द्री सदस्य एवं पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएको शुक्रबार मात्रै थाहा पाए ।

आफू चाइना भ्रमणमा रहेको र त्यहाँ सञ्चारका कुनै पनि साधनको सहज सुविधा नहुँदा आफू दुःखद घटनाको जानकारीबाट बन्चित भएको पाण्डेले बताए । उनले भने– म भर्खर चाइनाबाट आउँदैछु । अहिले एयरपोर्टमा छु । त्यहाँ न इन्टरनेटको सुविधा थियो न टेलिफोनको । मलाई यस घटनाको बारेमा केही जानकारी छैन् । अहिले म कुनै प्रतिक्रिया दिनसक्ने अवस्थामा छैन् ।

मन्त्री अधिकारीसहित सात जना चढेको एयर डाइनाष्टीको हेलिकप्टर बुधबार दिउसो ताप्लेजुङको पाथीभारा मन्दिर क्षेत्रमा दुर्घटना भएको थियो ।

Advertisement

Advertisement

Advertisement