पशुपति क्षेत्र विकास कोषलाई माछापुच्छ्रे बैंकको सहयोग

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि जुत्ता–चप्पल कक्ष एवं सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त कक्षको साँचो कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई हस्तान्तरण गरे ।

बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुहरुको सुविधाको लागि जुत्ता–चप्पल लकर कक्ष र सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरेको हो । उक्त कक्ष सञ्चालनमा आए पश्चात तिर्थालुहरुले आफ्नो जुत्ता–चप्पल लकर कक्षमा सुरक्षित रुपमा राख्न सक्नेछन् ।
साथै, सोही परिसरमा दर्शनार्थीहरुको बस्न मिल्ने व्यवस्था लागि बेन्चहरु समेत राखिएको बैंकले जनाएको छ ।

सका साथै, पशुपति परिसरमा २४औं घण्टा प्रयोग गर्न मिल्ने गरि एटीएम समेत जडान गरि सञ्चालनमा ल्याईसकेको बैंकले जानकारी दिएको छ । यस अघि बैंकले सोही परिसरमै मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकहरुले ल्याउने सर–समानको सुरक्षाका निम्ति लकर कक्ष निर्माण गरीे पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिसकेको छ ।

बैकले देशभर ९४ वटा शाखाहरु लगायत ६३ शाखा रहित बैकिङ्ग सेवा र एक सय १६ वटा एटीएम मार्फत ग्राहकलाई बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

Advertisement

Advertisement

Advertisement