एनएमबी बैंकलाई तीन अर्बको ऋणपत्र निष्काशन गर्ने अनुमति

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनएमबी बैंकलाई ऋणपत्र निष्काशनको लागि स्वीकृति दिएको छ ।

बोर्डबाट स्वीकृति पाएसँगै बैंकले १० प्रतिशत व्याजदरमा तीन अर्ब रुपियाँको ‘एनएमबी ऋणपत्र २०८५’ जारी गर्ने छ । यो ऋणपत्रको अवधि १० वर्ष रहेको छ  । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने भएको छ।

जसमध्ये बैंकले सर्वसाधारणको लागि एक अर्ब २० करोड रुपियाँको ऋणपत्र निष्कासन गर्नेछ । बैंकले प्रतिकित्ता एक हजार रुपियाँका दरले ऋणपत्र जारी गर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement